काठमाडौं– अमेरिकाको बोस्टनमा गायिका अञ्जु पन्त एकल साँझ हुने भएको छ। 'अञ्जु पन्त एकल साँझ बोस्टन' नाम दिइएको उक्त कार्यक्रम आउँदो जुलाई २२ तारिखमा हुनेछ।
अमेरिका स्थित बोस्टनको आर्लिङटन सहरको रिजेन्ट थिएटरमा हुन लागेको कार्यक्रम साँझ साढे ६ बजे सुरु हुने आयोजक सुरेस वाग्लेले जानकारी दिए।
गायिका पन्तको यो तेस्रो एकल गायन साँझ हो। उनले यसअघि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘अन्जु पन्त एकल साँझ’मा आफ्नो प्रस्तुति दिएकी थिइन् भने दोस्रो पटक बागबजारस्थित हेल्लो क्याफेमा एकल गायन गरेकी थिइन्।
आधुनिक तथा पार्श्व गायनबाट नेपाली संगीत क्षेत्रमा चर्चा कमाएकी अन्जुुले यतिबेला अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिइरहेकी छन्।
गायिका पन्तको एकल साँझलाई हिमालय हेरिटेज कल्चरल एकडेमीले आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।