काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) र वैदेशिक रोजगार विभागको टोलीले राजधानीका विभिन्न स्थानबाट झोले एजेन्टले संकलन गरेका ३ सयभन्दा बढी राहदानी बरामद गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार राहदानीसँगै एक दर्जन म्यानपावरका प्रतिनिधि एजेन्ट पनि पक्राउ परेका छन्।
उनीहरुलाई कसुरअनुसार आर्थिक सजाय गरेर विभागले छोडेको जनाएको छ।
ऐजन्टले वैदेशिक रोजगारीमा कामदार पठाइदिने भन्दै विभिन्न जिल्लाबाट राहदानी संकलन गरेर राजधानीका म्यानपावरसम्म ल्याउने गरेको पाइएको विभागको भनाइ छ। यसरी एजेन्टले रोजगारीको खोजीमा रहेका युवासँग पैसा र राहदानी लिएर महिनौं झुलाउने गरेको विभागले जनाएको छ।
रोजगारीको खोजीमा रहेका प्रत्येक युवासँग ऐजन्टले ३० देखि ५० हजारसम्म अग्रिम पैसा लिने गरेको विभागले जानकारी दिएको छ। विभागमा यस्ता समस्या लिएर मासिक १० जनाभन्दा बढी युवा धाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।