काठमाडौं– ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘सकारात्मक’ रुपमा लिएको जनाएको छ।
बिहीबार संसदको सम्भावित कार्यसूचीबाट हटाइएपछि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले उक्त निर्णयलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताएका हुन्।
नेता बडुले सरकारले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुनेगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने विश्वास समेत व्यक्त गरे।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ बाल्दै उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारमा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराए।
कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन हुने गरी तत्काल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।