काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सेमिफाइनलका खेल सकिएसँगै अब फाइनल र तेस्रो स्थानको खेल गरी २ खेल मात्र बाँकी छ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराउँदै फाइनलमा स्थान पक्का गर्यो। फ्रान्सको जितमा डिफेन्डर उम्टिटीले गोल गरेका थिए।
अर्को सेमिफाइनलमा क्रोएसियाले इंगल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा फ्रान्ससँग भेट पक्का गर्यो। क्रोएसियाका लागि पेरिसिक र मान्जुकिकले गोल गरेका थिए। इंग्ल्यान्डका लागि केइरन ट्रिपियरले गोले गरे।
सेमिफाइनलमा भएका ४ गोलको हाइटलाइट्स भिडियोमा हेर्नुहोस् :-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।