काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ।
सेमिफाइनलमा फ्रान्सले बेल्जियम तथा क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्।
फाइनलमा पहिलो पटक स्थान बनाएसँगै क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं देश बन्यो। युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो। फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्।
आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम बन्दै नयाँ च्याम्पियन बन्नेछ र विश्व फुटबलमा सुनौलो इतिहास कोर्नेछ।
फाइनलमा फ्रान्स र क्रोएसियाको रणनीति कस्तो होला? फ्रान्सले दोस्रो पटक उपाधि जित्ला कि क्रोएसिया नयाँ च्याम्पियन बन्ला?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।