काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका–४, हुम्दे, रौतहट जिल्लाको मौलापुर नगरपालिका–५, मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका–२ स्थित औरेया र मोरङ्ग जिल्लाको कटहरी गाउँपालिका–३, कटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
शाखा सञ्चालनमा आएसँगै बैंकको ७२ जिल्लामा १ सय ९९ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा पुगेका छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरि ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।