काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद महेश बस्नेतले बाढी पिडितको संवेदनालाई ख्याल नगरी सामाजिक सञ्जालमा पानीजहाजको कुरा गर्नेहरुप्रति असन्तुष्टि जनाएका छन्। अविरल वर्षा र बाढीका कारण पानी जमिरहेको क्षेत्रको फोटो राख्दै पानीजहाजको कुरा गर्नेलाई 'वाहियात' भन्दै उनले कारबाहीको माग पनि गरेका छन्।
संसदमा बिहीबार बस्नेतले आफ्नो धारणा राखेका थिए।
बस्नेतले अमृता लम्सालको फेसबुक पोस्टलाई जोड्दै 'भक्तपुरका जनता बाढीले पीडित भइरहेका बेला कतिपयले भने सामाजिक सञ्जालमा पानी आएछ अब जहाज कहिले आउँछ' भनेर उडाइरहेको भन्दै असन्तुष्टि पोखे।
'सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरका जनतालाई सहयोग गर्नुहोस्। सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानी जहाजको कुरा नगर्नुस्', बस्नेतले थपे, 'सामाजिक सञ्जालमा यो वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्छ। साइबर क्राइमलाई कडा ढंगले लागू गर्नुपर्छ। म सञ्चार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।