जलमग्न भक्तपुर, डुंगाबाट उद्धार(भिडियो)


भक्तपुर– रातभरिको भीषण वर्षाका कारण भक्तपुर विभिन्न भागहरु जलमग्न बनेको छ। डुबानका कारण राधेराधे क्षेत्रको जनजीवन कष्टकर बनेको छ। 

बाढी घर तथा पसलहरुमा समेत पसेको छ। बाढीप्रभावित क्षेत्रमा नेपाली सेनाले डुंगाको सहायताबाट उद्धार गरिरहेको छ। बाढीको पानी सडकमै उर्लिँदा यातायात आवागमन समेत प्रभावित भएको छ। 
उता हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही लगायत स्थानका बस्ती पनि डुबानमा परेका छन्।

त्यस्तै चाँगुरानारायण ७ मा ढिस्को खसेर घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार