काठमाडौं– स्वरोजगार लघुवित्त विकास बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ।
संस्थाको समायोजनपछिको मूल्य नेप्सेले ८ सय ६५ रुपैयाँ ५ पैसा तोकेको छ भने आधारभूत मूल्य १ हजार ३ सय ३१ रुपैयाँ ७५ पैसा दिएको थियो।
लघुवित्तले साउन १३ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने छ। संस्थाले प्रतिशेयर एक सय रुपैयाँमा १२ करोड २४ लाख कित्ता हकप्रदमा असार २७ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनसँगै संस्थाको चुक्ता पूँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ।
उक्त हकप्रद सेयरमा एनएमबी क्यापिटल नागपोखरी, संस्थाको कार्यालय, एनएमबी बैंकका केही कार्यालयहरु, गुडविल फाइनान्स, कामना सेवा विकास बैंक, सेन्ट्रल फाइनान्स र नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।