राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–८ स्थित विसनपुर चोकमा बुधवार राति भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
पश्चिम जाँदै गरेको ना५ख ४८१७ नम्बरको बसले एकै दिशातर्फ जाँदै गरेको बा७०प ८०९२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ का ३५ वर्षीय रुपेश चौधरी र पछाडि सवार करिब २० वर्षका रोसन चौधरीको उपचारका क्रममा मृत्यु भएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
गम्भीर घाइते अवस्थामा दुवैलाई उपचारका लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पताल भर्ना गरिएको थियो। रुपेशको उपचारकै क्रममा राति साढे १० बजे मृत्यु भएको सिंहले बताए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पु¥याइएका रोसनको उपचार सुरु गर्नुपूर्व नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालक झापाको बुधवारे–८ का टिकाप्रसाद धिमाललाई इलाका प्रहरी कार्यालय, कडरवोनाले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।