भैरहवा– रुपन्देहीको सियारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको सियारी गाउँपालिका–२ का १६ वर्षीय सागर बनियाको मृत्यु भएको हो। स्थानीय शिवबहादुर बनियाका छोरा सागरको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार सागर पोखरीमा मृत अवस्थामा पेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।