काठमाडौं- काभ्रेली समूहका सत्य लामा गुन्डागर्दीको आरोपमा बालुवाटारबाट पक्राउ परेका छन्।
प्रहरीले केही दिनयता गुन्डागर्दी विरुद्ध अभियान चलाइरहेको छ। सोही क्रममा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।लामाले धम्काएर हप्ता असुल्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। गुन्डाहरुलाई पक्राउ गरेपनि उनीहरुलाई कारबाही गर्ने कानुन छैन। जसकारण प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत कारबाही गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।