भक्तपुर- रातभरिको भीषण वर्षाका कारण भक्तपुर जलमग्न बनेको छ। डुबानका कारण राधेराधे क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
बाढी घर तथा पसलहरुमा समेत पसेको छ। बाढीप्रभावित क्षेत्रमा नेपाली सेनाले डुंगाको सहायताबाट उद्धार गरिरहेको छ। बाढीको पानी सडकमै उर्लिँदा यातायात आवागमन समेत प्रभावित भएको छ।
उता हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही लगायत स्थानका बस्ती पनि डुबानमा परेका छन्।
तस्बिरमा हेर्नुहोस् जलमग्न बनेको राधेराधे क्षेत्र:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।