हेटौंडा- मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौंतर्फको यातायात आज बिहानदेखि अवरुद्ध भएको छ।
काठमाडौंबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजिकै अलपत्र पर्दा यात्रु समस्यामा परेका छन्।
दुवै सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्ममा यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।