काठमाडौं- क्रोएसियाले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्दै इतिहास रचेको छ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गरेर विश्वकपको फाइनलमा पहिलोपटक स्थान बनाएको हो। निर्धारित ९० मिनेटको समयमा १-१ को बराबरीमा सकिएको थियो। ३० मिनेट थप समयमा क्रोएसियाका लागि मारियो मान्जुकिकले १९ मिनेटमा गोल गरे।
केइरन ट्रिपियरले डिबक्स नजिक पाएको फ्रिकिकमा लोभलाग्दो गोल गरेपछि इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो।
क्रोएसियाका ६८ मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।