कोटेश्वर– जगाती सडकमा निजी गाडी र मोटरसाइकललाई छुट्टै लेन तोकियो

 

Nepal Live

काठमाडौं– टिप्पर तथा ठूला गाडीको ठक्करका कारण दुर्घटना बढेपछि ट्राफिक प्रहरीले कोटेश्वर–जगाती सडकखण्डमा ठूला सार्वजनिक साधन र कार तथा मोटरसाइकललाई छुट्टै लेन छुट्याएको छ। टिप्पर, ट्रक तथा बसहरु साना सवारी साधनलाई तोकिएको लेनमा चल्न पाउने छैनन्। 

आगामी साउन १ गतेदेखि लागू हुने गरी लेन तोकिएको हो। ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार दुर्घटना न्यूनीकरणका लागि लेन छुट्याइएको हो। ‘साउन १ गतेदेखि ठूला तथा मालवाहक सवारी साधन पहिलो लेनमा मात्र चलाउनुपर्छ,’ उनले भने,‘दोस्रो लेनमा कार तथा मोटरसाइकल चालकहरुलाई छुट्याइएको छ।’ 

बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि यस्तो निर्णय भएको हो। ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरमा सवार मृत्युको ठक्करपछि यस्तो नियम लगाइएको हो। यसले साना सवारी साधन प्रयोग गर्नेहरुलाई राहत पुग्ने छ। 

त्यस्तै टिप्परहरुलाई उपत्यकामा समयअवधि समेत तोकिएको छ। बिहान ५ बजेपछि तथा बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन नदिने निर्णय भएको छ। यद्यपी ‘पिक आवर’ बाहेकको समयमा चल्न दिनुपर्ने माग व्यवसायीले गरेका छन्। 

त्यस्तै भक्तपुरको हाइवेमा कडाईका साथ टाइम कार्ड समेत लागू गर्न निर्देशन दिइएको छ। ठूलो बाटोमा ठूला सवारी साधनहरु तिव्र गतिमा चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गरिएको हो। 
 

प्राप्त प्रतिकृयाहरू

Indra bdr.b.k.
Triper le badi vanda vadi durghatana garnu ko karan pahichan garnu mukkhe kura ho.kin triper le durghatana badaeko xa vanne bisae ma mero sujhab 1- triper ko banawat technically mistak xa.jasko karan pani durghatana badeko xa. 2- triper chalak harule durghatana garda 100% xatipurti bewasaik smitile garne vaeko le driver haru le kehi gumaunu baparne vaekole driver haru damcare garne gareko xan 3- triper bat giti baluwa osar posar garda tip ko anusar vatta ko bewastha gareko le driver haru din ma jati sakdo tip lagaune sochma matrai hune vaekole.anietrit rup ma chalauna le pani durghatana badeko ho. 4. Arko mukhke kura roda giti bewa saele din ma 1tip saman ko matrai tax vat tiri banki din vari hune bikri ko tax vat kehi natirne hunale uni haru batai badi vanda badi tip lagauna force garne vaeko le pani durghata na huna pugeko xa Samadhan masanga xa.if you want plz cintact me

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार