सेनाको उप सेनानीमा ४३ को माग, १५ जना उत्तिर्ण

 

Nepal Live

काठमाडौं– नेपाली सेनाको उप सेनानीको भर्नामा फेरि पनि मागभन्दा थोरै मात्र उत्तिर्ण भएका छन्। ४३ जनाको माग भएकोमा अन्र्तवार्ताका लागि १५ जना मात्र छानिएका छन्। 

 उप सेनानीको बिज्ञापनमा २५ जना लिखित परिक्षामा सहभागी भएका थिए। त्यसमध्ये १५ जना मात्र लिखित परिक्षामा समेत सफल भएका हुन्।

सेनाको भर्नामा लोक सेवा आयोगले परिक्षा लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तिर्ण हुन थालेका छन्। यसपटक पनि त्यस्तै भएको छ। 

सेनाले विगतमा बनाउने पाठ्यक्रम भन्दा लोक सेवाको पाठ्यक्रम फरक हुने भएकाले धेरै अनुत्तिर्ण हुने गरेका छन्। 

नयाँ संविधान जारी भएपछि सबै सरकारी निकायको भर्ना आयोगले हेर्न थालेको हो। 


 

प्राप्त प्रतिकृयाहरू

Samir Gurung
तपाइहरुले कुरै बुझ्नुभएन के सर । लाेकसेवाले परीक्षा लिएर थाेरै पास भएकाे हाेइन के । लिखित परीक्षा हुनु अगाडी नै दराे फिजिकल परीक्षा हुन्छ त्यसमा पास हुनेले मात्र लिखित दिन पाउछ ।धेरै जना त्यही फिजिकलमा फेल हुन्छन् अनि लिखित दिनै पाउदैनन् । अनि कसरी हुन्छन् चाहिने जति पास ।निजामतीमा पनि लिखित अगाडी फिजिकल राखेर हेराेस् लाेकसेवाले अनि कति पास हुदा रहेछन् थाहा हुन्छ । अर्काे कुरा सैनिकलाइ कस्ताे प्रश्न साेध्दा उपयुक्त हुन्छ भनेर लाेकसेवाले कहिल्यै बुझेन । निजामतीलाइ जस्ताे प्रश्न साेधेपछि फाैजीलाइ हुने खालकाे मान्छे फेला नै पर्दैन के । याे कुरा न मिडियाले बुझ्न प्रयास गर्छ न त लाेक सेवाले । लाेकसेवाले जति थाेरै पास गर्याे उती परीक्षा राम्राे र टाइट भएकाे मानसिकता राख्नु एकदम गलत हाे । थाेरै पास हुनुकाे मतलब परीक्षा प्रणालीमा गम्भीर त्रुटी वा ग्याप भएकाे हाे भनेर किन बुझ्न खाेज्नुहुन्न के तपाइहरु । सुधार भयाे भने सबैलाइ राम्राे हाे । अब केही नबुझी एकाेहाेराे लागेर त कही पनि पुगिन्न ।।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार