काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्धलाई समान हैसियतमा पुर्याउन आफू सफल भएको दावी गरेका छन्।
प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलो पटक बराबरीको हैसियतमा ल्याउन सफल भएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावीसमेत गरे।
उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको बताए। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढ्ने पनि स्पष्ट पारे। उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलता भित्र कुनै दम नहुनेमा आफू सचेत रहेको तर्क गरे।
प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको बताए। उनले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।