काठमाडौं- बैंकिङमा आमजनताको पहुँच सहज रुपमा पुर्याउन सरकारले बैंकहरूलाई शाखा विस्तारमा जोड दिएको छ।
आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा शाखा कार्यालय खोल्दा अनुमति लिनुनपर्ने व्यवस्था गरेको हो।
हाल ७ सय ५३ मध्ये ५ सय ५६ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेका छन्। सरकारले चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने घोषणा गरेको थियो।
त्यस्तै, आगामी आर्थिक वर्षभित्र सबै वाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।