काठमाडौं– काठमाडौंमा सिसिटिभी फुटाएर चोरी गर्ने समूहका २ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले नुवाकोट, नर्जामण्पका बुद्धे, दिपेश जस्ता उपनाम भए बुद्धबहादुर तामाङ र सुजन तामाङलाई पक्राउ गरेको हो।
उनीहरुले गत असार ९ गते तारेश्वर– ९ शुभकामना चोक निवासी कोपिला धमला अधिकारीको घरबाट १८ लाख ९४ हजार २ सय ४० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए।
रातीको समयमा ढोका फुटाएर उनीहरुले ११ लाख ८२ हजार नगद, सुनका गहना तथा मोटरसाइकल चोरी गरेका थिए।
चोरी गरेको करिब २ लाख र चोरीमा प्रयोग गर्ने रड लगायतका सामानसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरु सहकारी तथा वित्तिय संस्थाहरुमा गई सिसिटिभी फुटाएर चोरी गर्ने गिरोहका व्यक्ति भएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
उनीहरुले विगतमा बालाजु, मनमैजु, लोलाङ तथा ललितपुरको हात्तीवनमा समेत चोरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।