एजेन्सी – आफ्नो अभिनय कलाबाट बलिउड सिनेमामा चर्चामा रहेकी अभिनेत्री हुन् अनुस्का शर्मा। पछिल्लाे समय भारतीय क्रिकेटर टिमका कप्तान विराट कोहलीसँग विवाहबन्धनमा बाँधिएपछि उनकाे चर्चा थप चुलियाे।
उनै अभिनेत्री अनुस्काकाे बाेल्ने सालिक बन्ने खबर बाहिर अाएसँगै भारतीय मिडियामा उनी छाएकी छिन्। सिंगापुरको म्याडम तुसाद संग्राहलयमा उनको बाेल्ने सालिक बन्न लागको हो।
अनुस्काको उक्त सालिक संग्राहलयमा संग्रहित सालिकहरु भन्दा पृथक रहने भारतीय सञ्चार माध्महरुले जनाएका छन्। संग्राहलयका अनुसार अनुस्काको सालिकका लागि नयाँ प्रविधिकाे प्रयोग हुने छ। भारतीय सञ्चार माध्यमका अनुसार सालिकमा उनी फोनमा बोल्दै गरेकी हुने छिन्।
ओपेरा विन्फ्रे, क्रिस्टियानो रोनाल्डो, लेविस हैमिल्टनजस्ता विश्व चर्चित व्यक्तिहरुको सालिक रहेको उक्त संग्राहलयमा अब अनुस्का पनि अटाउने भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।