काठमाडौं – पप गायक समिर हमालको ‘बिती जाने’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक समिरको सोलो एल्बम ‘यो स्वार्थी’मा समेटिएको गीतको भिडियोमा स्नेहा गौतम र प्रविन श्रेष्ठको अभिनय छ।
थाइल्यान्ड र काठमाडौंमा खिचिएको उत्त गीतको म्युजिक भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ। समिरकै शब्द तथा संगीत रहेको भिडियोमा अजय शमशेर राणाको छायांकन, गोकुल कुँवरको निर्देशन छ।
२००४ देखि २०१७ सम्म 'म्यासेन्जर व्यान्ड'मा आबद्ध समिर गायन र गिटारिष्टका रुपमा परिचित थिए। ‘जब म’, ‘नभन मेरो माया’, ‘आँखा’मा जस्ता गीतहरुबाट दर्शक स्रोताको मन जितेका समिर पुनः ‘बिति जाने’बोलको म्युजिक भिडियो सहित बजारमा आएका हुन्।
म्युजिक भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।