जुम्ला - चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको पक्षमा जुम्लाका महिलाहरु सडकमा उत्रेका छन्।
सरकारले माग पुरा गर्न अटेर गरिरहेको समयमा जुम्लामा आमाहरुले सडकबाट डा केसीको पक्षमा नारा लगाएका हुन्। उनीहरुले तत्काल डा केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलार्इ दबाव दिएका हुन्।
महिलाहरुले सडकमा ‘डा गोविन्द केसीको जीवन रक्षा गर, जनताको पक्षमा गरिएको माग पुरा गर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर’ लगायतका नारा लगाउँदै जुलुस निकालेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लावाट निस्केको महिलाको जुलुस कृष्णमन्दिर विजयनगर हुँदै वसपार्कमा गएर टुंगिएको थियो।
डा केसीका मागमा सरकार अनुदार बनिरहँदा डा केसीको पक्षमा सर्वसाधरणहरुको समर्थन बढ्दै गएको छ।
अहिले प्रचलनमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।