बालिकाको हत्या आरोपमा युवती पक्राउ

 

Nepal Live

इटहरी– बालिकाको हत्या आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई मंगलबार पक्राउ गरेको छ । 

 गत असार १ गते सोही स्थान बस्ने अर्जुन लिम्बुको ६ वर्षीया छोरी अपेक्षा लिम्बुको उनले हत्या गरेको प्रहरीले जनाएको छ। 

खाना खाई सुतेकोमा असार २ गते कोठामा अपेक्षा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारको लागि धरान घोपा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

हत्या गर्ने उमा अपेक्षाको सौतेनी आमा भएको र उनले घाँटी थिची हत्या गरेको  खुलेको छ।  
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार