काठमाडौं– ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बा १ ख ९२५४ नम्बरको बसको ठक्करबाट बा ७५ प ५६४७ नम्बरको स्कुटर चालक ललितपुर बस्ने खोटाङकी ३८ बर्षीया सुनिता कार्कीको मृत्यु भएको हो।
उपचारको क्रममा बीएण्डबी अस्पतालमा राती २ बजे उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी स्कुटर पछाडी सवार उनकी १२ बर्षीया छोरी समृद्धी कार्कीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक फरार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।