काठमाडौं– बुधबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी विधान र नियमावली टुंग्याएको छ।
'विधान र नियमावली टुंगो लाग्यो', प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'अब अर्को बैठक बसेर त्यसको आधारमा पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया अगाडि बढाउन आवधिक योजनाको निर्णय गरिन्छ।'
अब दिन तोकेर प्रदेश कमिटी, जनवादी संगठन, जिल्ला कमिटी एकीकरण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेताहरु रामबहादुर थापा, बामदेव गौतम तथा विष्णु पौडेल रहेको कार्यदलले नियमावली तयार पारेको थियो।
असार २३ गते बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।