काठमाडौं– एनएमबि बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव गरेको हो।
बैंकले हाल बिक्री गरिरहेको एफपिओपछि कायम हुन आउने चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस सेयर दिन लागेको हो।
बैंकले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश दिने पनि घोषणा गरेको छ। बैंकले प्रस्ताव गरेको बोनस सेयर एफपिओका लगानीकर्ताले पनि पाउनेछन्।
उक्त बोनस सेयर वितरणपछि एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ।
एनएमबि बैंकले अहिले प्रतिकित्ता ३ सय ३३ रुपैयाँ दरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरिरहेको छ। यसमा लगानीकर्ताले बिहीबारसम्म आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।