लहान- विषालु सर्पले डस्दा सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन्। घरमा खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो।
सर्पले टोके लगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।