काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नियमावलीलाई अन्तिम रुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया अगाडि बढाउन सचिवालयको बैठक बसेको हो।
स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो। एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।