काठमाडौं– ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मंगलबारको खेलमा ३ विकेट लिएका छन्।
सन्दीपले मंगलबार 'वेस्ट इन्डिज बी' विरुद्ध ३ विकेट लिएका हुन्। सन्दीपले ३ विकेट लिएपछि मोन्टेरियल टाइगर्सले 'वेस्ट इन्डिज बी'लाई ६ विकेटले पराजित गरेको छ। जारी लिगमा मोन्टेरियलको यो दोस्रो जित हो। मोन्टेरियल अंक तालिकाको पाँचौ स्थानमा छ।
पहिले ब्याटिङ गरेको 'वेस्ट इन्डिज बी' ले ७ विकेटको क्षतिमा १ सय ६२ रन जोड्यो। उसका लागि शामर स्प्रिनगरले ६२ रन जोडे। बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। सन्दीपले स्प्रिनगरसहित ब्रान्डन किङलाई २३ र निकोलास पोरानलाई २५ रनमा आउट गरे। उनले ४ ओभरमा ३१ रन खर्चिए। सेसिल पर्भेजले २ विकेट लिँदा लासिथ मालिङ्गा र हेलिगरले १–१ विकेट लिए।
१ सय ६४ रनको लक्ष्य मोन्टेरियलले १७.३ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। ओपनर सुनील नारिनले २५ बलमा ६१ रन जोड्दा जित सहज बनेको थियो। यस्तै मोइसिस हेनरिक्स र सिकन्दर राजाले ६२–६२ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।