राजविराज– सप्तरीको अग्निसाइस कृष्णा सवरण गाउँपालिकामा ४ वर्षीय बालकको डुबेर मृत्यु भएको छ।
वडा नम्बर ३ डंग्राहीका जगदीश मण्डलका छोरा जीवन मण्डलको पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मंगलबार साँझ खाल्टोमा डुबेको अवस्थामा फेला परेका बालकको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
बालकको शव पोस्टमार्टमका लागि अञ्चल अस्पतालमै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।