काठमाडौं- फ्रान्स तेस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान पक्का गरेको हो।
१९९८ को च्याम्पियन फ्रान्सले पछिल्लो पटक २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्सले २० वर्ष आजकै ब्राजिललाई पराजित गरेर पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।
फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।
खेलको ५१ मिनेटमा फ्रान्सले अग्रता लियो। कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। राफायल भारनको कर्नर बलमा उम्टिटीले गोल गरेका हुन्। सोहि गोल फ्रान्सलाई तेस्रो पटक फाइनल पुग्न पर्याप्त बन्यो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।