काठमाडौं– मिडिया हाउस 'कान्तिपुर मिडिया ग्रुप'का दुई प्रधानसम्पादकले राजीनामा दिएका छन्। 'कान्तिपुर दैनिक'का सुधीर शर्मा र 'द काठमाण्डू पोस्ट'का अखिलेश उपाध्यायले राजीनामा दिएका हुन्।
केही दिनयता एक भारतीयलाई दोस्रो बरियताको शक्तिशाली पदका साथ मिडिया हाउसमा भित्र्याएको र त्यसैले सो मिडिया हाउसमा असन्तुष्टि चुलिएको चर्चा चलिरहेको थियो।
सम्पादकद्वयले मंगलबार आफ्ना सहकर्मीहरुलाई ब्रिफ्रिङ गर्दै राजीनामाबारे बताएका थिए। प्रधानसम्पादकद्वयको राजीनामाबारे बुधबार दुवै सम्पादक र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाले सम्पूर्ण पत्रकार तथा कर्मचारीलाई ब्रिफिङ गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।