काठमाडौं– अपरान्ह ५ बजे पुनः बस्ने गरि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रिय सचिबालय बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो।
आन्तरिक तयारी तथा पार्टीका नेताहरुको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको बताइएको छ।
आजको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरिएको थियो।
बैठकले भोली बिहानसम्म नियमावलीलाई टुंगो लगाइसक्ने र पार्टीका जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रिया तथा बिधान निर्माण लगायतका विषयलाई पनि तीव्रता दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।