काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको खेलमा आज राति फ्रान्स र बेल्जिमयबीच प्रतिस्पर्धा हुँदैछ।
दुई टिमका डेढ दर्जन खेलाडी एकअर्काबारे जानकार छन्। किनकी २ देशका खेलाडीहरु क्लब फुटबलबाट सँगै खेल्छन्। युरोपका विभिन्न ५ क्लबमा बेल्जियम र फ्रान्सका खेलाडीसँगै खेल्छन्। जसले गर्दा सेमिफाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
एउटै क्लबबाट खेल्ने फ्रान्स र बेल्जियमका खेलाडी
चेल्सी : ओलिभर जिरुड र एनगोलो कान्टे (फ्रान्स) विरुद्ध इडिन हजार्ड र थिबाउट कोउटिइस (बेल्जियम)
मोनाको : थोमस लेमार र जिबिरिल सिडिबे (फ्रान्स) विरुद्ध योरी टिइलेमान्स (बेल्जियम)
बार्सिलोना : ओस्मान डेम्बेले र स्यामुयल उम्टिटी (फ्रान्स) विरुद्ध थोमस भर्माइलेन (बेल्जियम)
म्यानचेस्टर सिटी : बेन्जामिन मेन्डे (फ्रान्स) विरुद्ध भिसेन्ट कोम्पनी र केभिन डे ब्रुइन (बेल्जियम)
म्यानचेस्टर युनाइटेड : पाउल पोग्बा (फ्रान्स) विरुद्ध मरोउने फेलाइनी र रोमेलु लुकाकु (बेल्जियम)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।