काठमाडौैं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योंग हकले भेटवार्ता गरेका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार भएको भेटवार्तामा हकले प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन्।
उत्तर कोरिया स्थापनाको ७७ औं बर्षको उपलक्ष्यमा प्रचण्डलाई आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ।
सत्तारुढ वकर्स पार्टी अफ कोरियाको तर्फबाट उनलाई निम्ता दिइएको थियो । निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका थिए।
भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।