काठमाडौं–रसियामा जारी विश्वकप फुटबलमा बेटिङ लगाएको आरोपमा खेलाडी सुवास गुरुङ समेत पक्राउ परेका छन्। स्याङजा स्थायी घर भएका २४ वर्षिय गुरुङ मनाङ मस्याङदी क्लबका फुटबलर हुन्।
उनीसहित तीन जनालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले शनिबार पक्राउ गरेको हो। मनाङका मुखिया लामा तथा पकनाजोलका मुखिया गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
बिश्वकप चलिरहेका बेला ठमेलको एक रेस्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले बताए। डलरकार्डमार्फत अन्तराष्ट्रिय समूहसँग मिलेर उनीहरुले बेटिङको धन्दा चलाउँदै आएका थिए। ४ लाख रुपैयाँ नगद र बेटिङसम्बन्धि प्रमाण प्रहरीले उनीहरुको मोबाइलमा भेट्टाएको छ।
पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ।
यसअघि राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अन्जन केसी समेत बेटिङको आरोपमा पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।