डलरकार्ड मार्फत विश्वकपको सट्टेबाजी, फुटबल खेलाडीसहित ३ जना पक्राउ

Nepal Live

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलमा बाजी लगाउने समूहका तीन जना ठमेलमा पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त दरबारमार्गले स्याङ्जा स्थायी घर भएका सुवास गुरुङ, काठमाडौंका मुखिया गुरुङ र मनाङका मुखिया लामालाई शनिबार पक्राउ गरेको हो। 

ठमेलको एक रेस्टुरेन्टमा फुटबल हेर्दै बाजी लगाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले बताए। 

‘उनीहरुले डलरकार्डमार्फत अन्तर्राष्ट्रिय समूहसँग मिलेर सट्टेबाजी गर्दै आएका रहेछन्’, डिएसपी मल्लले भने, ‘अनुसन्धानका क्रममा ४/५ लाखको कारोबार देखियो।’ 

पक्राउ परेका सुवास गुरुङ फुटबल खेलाडी पनि हुन्। पक्राउ परेकाहरुमाथि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार