राष्ट्रिय वाणिज्य बैंकको ३ नयाँ शाखा सञ्चालनमा

Nepal Live

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ६ स्थित कपिलाकोट, बझाङको मष्टा गाउँपालिका वडा ३ भातेखोला र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा १९५ पुगेको छ। बैंकले १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ। 

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ।
       


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार