काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ७५ पुगेको छ। विशेष अनुसन्धान टोलीले थप व्यक्तिहरुमाथि समेत छानबिन गरिरहेकाले यो संख्या बढ्न सक्ने देखिन्छ।
सो प्रकरणमा मुद्दा चलाइएकामध्ये ३१ जना जेलमा छन् भने ११ जना प्रहरी हिरासतमा छन्। अन्य ३१ जना फरार र २ जना अदालतको आदेशमा छुटेका छन्।
गत बैसाख २० गते जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अनुसन्धान गर्ने क्रममा थप १२ जनाको संलग्नता खुलेको हो।
अभियुक्तमध्ये राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालको जिल्ला अदालत मोरङमा थुनछेक आदेश चलिरहेको छ। सोमबार उनीहरुको थुनछेक आदेश हुने सम्भावना छ। उनीहरुसँगै पूरक अभियोग दायर गरिएका सन्दीप खड्का फरार छन्। उनलाई फरार अभियुक्त बनाएर मुद्दा चलाइएको छ।
अन्य ५ जनालाई हालै म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले बताए। जसमा विमल पोद्दार, प्रभात अग्रवाल, राजु दारुका, अकबर शाह र मोहम्मद इम्तियाजलाई अदालतबाट थुनामा राख्ने म्याद लिई अनुसन्धान भइरहेको छ।
फरारमध्ये सुनसरीको धरान–३ घर भएका मोहन अग्रवाल (एमके), मोरङ उर्लाबारी–७ घर भएका रमेश उप्रेती, काभ्रे बेथानचोक– ४ घर भएका हरिशरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध 'रेड कर्नर' नोटिस जारी भएको छ।
पक्राउ परेकामध्ये २ जना अदालतको आदेशमा छुटिसकेका छन्। प्रहरी हवल्दार अम्बरबहादुर थापा मगर साधरण तारेखमा तथा जवान विष्णुबहादुर खड्का १५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।
तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो। सो घटनाको अनुसन्धानमा अपराध महाशाखाका प्रहरीले लापरबाही गरेको घटनाको बारेमा थप छानबिन हुँदा विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको हो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘विशेष अनुसन्धान टोली’ले घटनाको अनुसन्धान गरिरहेको छ। असार मसान्तसम्म सरकारले टोलीको म्याद थप गरेको छ।
सो प्रकरणमा ‘ठूला माछा’ समेत पक्राउ गर्ने क्रममा आफूहरु रहेको गृहमन्त्री रामबहादुर थापाले बताए पनि ठूला व्यक्तिहरु भने पक्राउ परेका छैनन्।
जेलमा कोको?
१ चूडामणि उप्रेती ‘गोरे’
२. भुजुङ गुरुङ
३. डा भनिने छिरिङ वाङ्गेल घले
४. श्याम खत्री
५. दिवेश लोहनी
६. टेकराज मल्ल ठकुरी
७. मोहन काफ्ले
८. कृष्ण भनिने नरेन्द्र कार्की
९. माधव भनिने मदनप्रसाद घिमिरे
१०. लाक्पा शेर्पा
११. चाचाजी उपनामका महावीरप्रसाद गोल्यान
१२. राजन थापा
१३. हेमन्त गौतम
१४. सम्वीरप्रसाद तोलाङ्गे
१५. कपिलराज पुरी
१६. बालकृष्ण श्रेष्ठ
१७. राजेन्द्रकुमार शाक्य
१८. दोराम खत्री
१९. एलबी भनिने लालबहादुर मगर
२०. तक्ले उपनामका पुण्यप्रसाद लामा तामाङ
२१. चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ
२२. गोपालकुमार श्रेष्ठ
२३. राजु महर्जन
२४. अमरमान डंगोल
२५. तुलाराम थारु
२६. राजन कुमार
२७. विकासराज खनाल
२८.प्रजित केसी
२९.संजय राउत
३०. बालकृष्ण सञ्जेल
३१. गोविन्द निरौला
प्रहरी हिरासतमा हुनेहरु
१. रेवन्त आचार्य
२. विमल पोद्दार
३. राजु दारुका
४. राम तिवारी
५. मोतीराम श्रेष्ठ
६. विनोद अधिकारी
७. मदन सिलवाल
८. अकबर शाह
९. मोहम्मद इम्तियाज
१०. प्रभात अग्रवाल
११. लक्षबहादुर गुरुङ
फरार कोको?
१. मोहन अग्रवाल
२. चेतनाथ (चेतन) भण्डारी
३. रमेश उप्रेती
४. सुरेन्द्र गौतम
५. भोजराज भण्डारी
६. रुस्तम भनिने मोहमद उस्तम मियाँ
७. टुकबहादुर मगर
८. रोहित आचार्य
९. भविन राई भनिने भविन तामाङ
१०. कृष्ण बस्नेत
११. सुनिलकुमार अग्रवाल
१२. कालु, काले तथा किसन उपनाम भएका कृष्णगोपाल अग्रवाल
१३. प्रमोदकुमार श्रेष्ठ
१४. बेनु श्रेष्ठ
१५. हरिशरण खड्का
१६. निरु भनिने नर्वदा खरेल
१७. प्रयास पराजुली
१८. कमल कार्की
१९. सञ्जय अधिकारी
२०. शिवकुमार गुभाजू
२१. समिर अधिकारी
२२. मणिराज चौलागाई
२३. सुनिल श्रेष्ठ
२४. आरबी भनिने रक्षा भण्डारी
२५. अर्जुनप्रसाद खरेल
२६. रोशन भुसाल भनिने गुप्तलाल भुसाल
२७. माधव आचार्य
२८. ओम प्रकाश नेवार
२९. रामहरि कार्की
३०. गीता श्रेष्ठ
३१. सन्दीप खड्का
अदालतको आदेशमा रिहा हुनेहरु
१. विष्णुबहादुर खड्का
२. अम्बरबहादुर थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।