माए साय– थाइल्यान्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालक र उनीहरूका खेल प्रशिक्षकमध्ये ६ जनाको सकुशल उद्धार गरिएको छ।
शुरूमा दुई बालक ४ किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए। त्यसपछि अन्य चार जना गुफाबाट बाहिर आउन सफल भएका थिए।
उनीहरू सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ।
'६ बालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भएकाले सबैको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ,' रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएका छन्।
बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमशः उद्धार गरिने रक्षा मन्त्रालयले जनाएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।