राजविराज– सप्तरीको महुली खोलाको पुल शनिबार साँझ भत्किएपछि एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेको छ।
दैनिक साना/ठूला गरी करिब ३ हजार सवारीसाधन गुड्ने पुलमा यातायात अवरुद्ध नगरी सुरक्षा र मर्मतको काम सुरु गरिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ। पुल मर्मत गर्न कम्तिमा एक साता लाग्ने सडक विभागको पूर्वाञ्चल क्षेत्रीय निर्देशक दीपककुमार भट्टराईले बताएका छन्।
११ सय मिटर लामो पुलमध्ये उत्तरपट्टिबाट करिब ५० मिटर भाग भत्किएको छ। चार दिन अघिको वर्षासँगै खोलामा आएको बाढीका कारण पुलमा क्षति पुगेको र समयमा मर्मत नहुँदा शनिबार साँझ भत्किएको स्थानीय बताउँछन्। समयमा मर्मतको काम नभए वर्षा भएपछि बाढीले बाँकी रहेको भाग समेत बगाउन सक्ने उनीहरुको भनाइ छ।
यस्तो छ महुली खोलाको पुलको अवस्था:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।