थाइल्यान्ड- थाइल्यान्डमा बाढीपछि दुई सातादेखि गुफामा फसिरहेका १२ जना बालक तथा उनीहरुका फुटबल प्रशिक्षकमध्ये ४ जनाको सकुशल उद्धार गरिएको छ।
चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन्। १८ जना गोताखोरको टोली उद्धारका लागि खटिएको थियो। यसअघि ६ जनालाई उद्धार गरिएको बताइएको थियो।
उद्धार गरिएका बालकलाई उपचारका लागि अस्पताल लगिएको छ।
बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश: उद्धार गरिने थाई रक्षा मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।