काठमाडौं- चिकित्सा शिक्षा सुधार लगायतका ७ बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ।
सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरे पनि घोषणा फिर्ताको मागसहित प्रदर्शन हुन थालेका छन्। तर हिजो मात्रै सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी गरेको छ।
डा केसीले पनि आफ्नो मागमा माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्न माग गरेका छन्।
सोलिडारिटी फर डा केसी अलायन्सले विरोध कार्यक्रमको आयोजना गरेको हो। माइतीघरमा सहभागी भएका केसीका समर्थकले प्रदर्शन गर्दै बानेश्वरसम्म र्याली आयोजना गरे।
उनीहरुले डा केसीको माग पूरा गर्नुपर्ने, माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याउन नहुने लगायतका नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।