फुकेट, थाइल्यान्ड- दक्षिणी थाइल्यान्डको सामुद्रिक क्षेत्रमा फुकोटमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
अधिकांश पर्यटकहरू रहेका दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ। दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन्।
थाइल्यान्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराइरहेकाहरुको खोजी भइरहेको जानकारी दिए।
हराएकाको खोजीका लागि थाई प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।