काठमाडौं– फिल्म ‘मेरी मामु’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र एवं निर्माता सन्तोष सेनका छोरा आयुव सेनलाई प्रस्तुत गरिएको छ।
आसुसेन फिल्म्सबाट निर्माण हुँदै गरेको चलचित्रमा आयुवका अलावा अश्लेशा ठकुरी, कुसुम गुरुङ र सारुक ताम्राकारको पनि भूमिका छ।
आमा-छोराबीचको माया-प्रेमको विषयलाई कथा बनाएर निर्माण भइरहेको फिल्मलाई यम थापाले निर्देशन गर्दैछन्।
फिल्मको ७० प्रतिशत छायाङ्कन सकिएको छायाँकार पुरुषोत्तम प्रधानले जानकारी दिए। फिल्मलाई निर्देशक आफैंले लेखेका हुन्।
फिल्म आगामी भदौ १४ मा प्रर्दशनमा ल्याउने निर्माण युनिटको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।