काठमाडौं– ३० लाख रुपैयाँको बिल पास गरिदिए वापत एक लाख ३० हजार रुपैयाँ घुस लिने इन्जिनियर पक्राउ परेका छन्।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो।
उनले एक उपभोक्ता समितिको ३० लाख बराबरको बिल पास गरिदिएका थिए। त्यसवापत उनले एक लाख ३० हजार मागेका हुन्। घुस लिएलगत्तै धुलिखेलको हिमालयन यती कफि सपबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।
३ करोड ५९ लाख रुपैयाँको बजेट पाएको सो खानेपानी आयोजनाले ३० लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको थियो। घुस मागेपछि उपभोक्ताहरुले अख्तियारलाई खबर गरेर घुस दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।