पिस्करमा खुल्यो नेपाल इन्भेस्टमेन्ट बैंकको ७३औं शाखा

Nepal Live

काठमाडौं‍- नेपाल इन्भेस्टमेन्ट बैंकले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३औं शाखा विस्तार गरेको छ। त्रिपुरासुन्दरी गाउँपालिकास्थित पिस्करमा बैंकको शाखा खोलिएको हो।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा खोल्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ। 

८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको एक सय वटा एटिएम मेसिन सञ्चालनमा छन् भने ७ वटा एक्स्टेन्सन काउन्टर छन्। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार