कायरो- इजिप्टको एउटा अदालतले पूर्व स्लामिक राष्ट्रपति मोहमद मोर्सीका एक जना सल्लाहकार र अरु १३ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ। अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सजायको फैसला गरेको हो।
मुस्लिम ब्रदरहुडमा आबद्ध राष्ट्रपतिका आर्थिक सल्लाहकार अब्दुल्लाह शेहात सन् २०१२ मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका थिए। आजीवन जेल सजाय सुनाइएका शेहात र अरु १३ जनालाई हतियारको कारोबार गरेको र अवैध समूहमा आबद्ध भई जनताको स्वतन्त्रताको अधिकार उल्ङ्घन गरेको आरोप लगाइएको छ।
अदालतले अरू ६ जनालाई १५ बर्षका लागि र १० जनालाई १० वर्षका लागि जेल सजाय गर्न पनि आदेश दिएको छ।
आजीवन जेल सजाय तोकिएकालाई झै उनीहरूलाई पनि उही अभियोग लगाइएको इजिप्टको सरकारी टेलिभिजनले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।