बैङ्कक- थाइल्यान्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी चिनियाँ पर्यटक बेपत्ता भएका छन्।
स्थानीय समय अनुसार बिहीबार अपराह्न थाइल्यान्डको पर्यटकीय टापु फुकेटमा सो डुङ्गा दुर्घटना भएको हो। तीव्र गतिमा चलेको हावाका कारण अनियन्त्रित भई डुंगा पल्टिएको थियो। डुंगामा ९० यात्रु थिए।
दक्षिणी फुकेटका गभर्नर नोराफाट प्लोडथोङले दुर्घटनामा ५३ जना हराइरहेको बताएका छन्। रातभरको उद्धारकार्य सकिएको र बिहानदेखि पुन: थालिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।